सुजुकी डिजायर नयाँ प्रिमियम अवतार बजारमा सार्वजनिक, यस्तो छ मुख्य विशेषता



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेतातथा सीजी होल्डिंग्स्को अटो मोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ ।

२०२१ डिजायरमा नयाँ बम्पर, ग्रिल डिजाइन बोल्ड, स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको डिजायरभी एक्सआई र डिजायर जेठएक्सआई सार्वजनिक गरेको हो ।
उक्त सार्वजनिक गरेको डिजायर भीएक्सआईको मूल्य ३४ लाख २९ हजार छ भने डिजायर जेठएक्सआइको मूल्य ३७ लाख ७९ हजार रुपैयाँ तोकेको छ ।

‘सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपालीबजारमा ल्याएका थियौं । बेस्ट इनक्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ ।

स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भीभीटी बीएस ६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कमउत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।’
साथै, नेपालीग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिकप्रविधिभएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुने उनको विश्वास छ ।

यस्तो छ विशेषता ?

२०२१ डिजायरमा आईएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस ६ इन्जिन राखिएको छ । उच्च कम्प्रेशन रेसियो, कुल्ड इजीआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ जसले इन्जिनको कार्य क्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ । साथै, म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६ किलोमिटर प्रति लिटर रहेको छ । यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्दछ ।

डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार रहेको कम्पनीले जनाएको छ ।

डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ । नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ । साथै, १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमले गज्जबको ड्राइभिङ एक्सपिरियन्स दिलाउने कम्पनीको दाबी छ ।

नयाँ डिजायरमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिलहोल्ड फंक्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिकलिन मद्दत गर्छ । जसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेकाले बे्रकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ ।

त्यस्तै डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ । हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामातयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।

मुख्य विशेषताहरू ?

१.आइडल स्टार्ट–स्टप फंक्सनसहितको एड्भान्स्ड के सिरिज डुअल जेट डुअल भीभीटी बीएस ६ पेट्रोल इन्जिनजसले उत्सर्जन कम गर्नुका साथै माइलेज बढाउँछ ।

२. सिंगल एपर्चर ग्रिलसहितको बोल्ड र स्टाइलिस फ्रन्ट लुक
३. डुअल एअर ब्याग, इबीडस्हितको एबीएस र ठूलो ब्रेक
४. १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो सिस्टम
५. १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन डिस्प्ले
६. एलइडी प्रोजेक्टर हेडल्याम्प र डे टाइम रनिङ लाइट
७. पुस स्टार्ट स्टप बटनसहितको स्मार्ट किलेस इन्ट्रि
८. रियर एसी भेन्ट
९. ३७८ लिटरको ठूलो बुट स्पेस
१०. १५ इन्चको एलो ह्विल
११. अटो फोल्डेबल ओआरभीएम


क्लिकमान्डु