हिमालय एयरलाइन्सले चीनको ल्हासामा गर्यो परीक्षण उडान, आजै काठमाडौं फर्कने



फाइल तस्बिर

काठमाडौं । हिमालयन एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । मंगलबार विहान सवा ७ बजे चीनको ल्हासाका लागि विमानले उडान गरेको हो ।

अहिले परीक्षण उडान गर्ने र पछि व्यवसायिक उडान गर्ने कम्पनीको योजना छ । ल्हासा संसारको सबैभन्दा उँचो स्थानमा भएको अन्तर्राष्ट्रिय विमानस्थल हो ।

विमान ल्हासामा विहान १० बजेर ४६ मिनेटमा अवतरण गरेको थियो । त्यहाँबाट विमान आजै दिउँसो स्थानीय समय अनुसार ३ बजे काठमाडौंका लागि उड्नेछ ।

कम्पनीको नयाँ विमान ए३१९–११ न्यारोबडी विमानबाट उडान परीक्षण गरेको हो । विमानमा १२० इकोनोमी र ८ वटा बिजनेस क्लास सिट छन् । विमान अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रममा उडान गर्न सक्छ ।


क्लिकमान्डु