कोरोना कहरमा पनि चीनको आर्थिक वृद्धिदर ६.५ प्रतिशत,शक्तिशाली देश नराम्ररी सुस्ताए



एजेन्सी । कोरोना कहरका कारण संसारभरका देश आर्थिक समस्यामापरेको बेला छिमेकी देश चीनले मात्रै राम्रो प्रगति गर्न सफल भएको छ ।

विवरणहरुमा जनाइए अनुसार सन् २०२० मा चीनले कूल ग्राहस्थ उत्पादनमा ६.५ प्रतिशत ले सुधार गरेको छ ।

भारतलगायतका देशको अर्थतन्त्र समस्यामा परेका छन् । सामान्य तवरले सुधार हुने दिशामा लागेपनि सामान्य अवस्थामा पुग्न अझै केही समय लाग्ने अनुमानहरु सार्वजनिक भएका छन् ।

कोरोनाको उद्गम स्थल चीनले शुरुवाती चरणमा नै लकडाउन गरेर समस्या समाधानका लागि पहल गरेका कारण उसको अर्थतन्त्रमा खासै ठूलो समस्या देखा परेन । तर, अन्य देशमा भने अवस्था विकराल बन्न पुगेको छ । पछिल्ला दिनमा बेलायतलगायत यूरोपेली देशमा कोरोनाको दोस्रो लहर शुरु भएको छ । त्यसबाट अर्थतन्त्र थप समस्यामा पर्ने देखिएको छ ।

भारतको अर्थतन्त्रको आकारमा समेत नराम्ररी संकुचन आएको छ । कूल ग्राहस्थ उत्पादनमा अझै ठूलो असर पर्ने देखिएको छ । आर्थिक वर्ष २०२०–२१ मा शून्यदेखि ७.७ को बीचमा आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको तथ्यलाई समेत मानिसहरुले पत्याएका छैनन । संसारको पाँचौ ठूलो अर्थतन्त्र भएको देश भारतको पछिल्लो आवमा मात्रै कूल ग्राहस्थ उत्पदानको वृद्धिदर ४.२ प्रतिशत रहेको थियो ।

आइएमएफका अनुसार मौजुदा आर्थिक वर्षमा अमेरिककाको रियल जिडिपी ग्रोथ शून्यदेखि ४.३ भन्दा तल रहने छ । अमेरिकाको आर्थिक वृद्धिदर सन् २०२० मा ३.६ प्रतिशत तल रहेको थियो ।

यस्तै यूरोजोनको वृद्धिदर शून्यदेखि ७.४ प्रतिशत तल रहन सक्नेछ । विश्व बैंकका अनुसार संसारभरको आर्थिक वृद्धिदर समेत शून्यदेखि ४.३ प्रतिशत तल रहन सक्नेछ ।

यस्तै, जापानको अवस्था समेत सन् २०२० मा गतिलो रहेछ । बैंक अफ जापानाका अनुसार मौजुदा आर्थिक वर्षमा देशको वास्तविक वृद्धि शून्यदेखि ५.५ प्रतिशतको आसपासमा रहन सक्नेछ ।

यस्तै, जर्मनीको पनि शुन्यदेखि ६ प्रतिशतको बीचमा रहने अनुमान सार्वजनिक गरिएको छ । तर कोरोनाका दोस्रो लहर कसरी अगाडि बढ्छ , सोही आधारमा थप अनुमान आउने बताइएको छ ।


पुष्प दुलाल