नन फाइलर रहेर राजस्व छल्ने बाराका अमिरी ठाकुर विरुद्द मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छल्ने बाराका अमिरी ठाकुर विरुद्द मुद्दा दर्ता गरेको छ ।

विभागले ६ करोड ५२ लाख रुपैयाँ धितो राखेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

विभागले बिगो र कैद सजाय माग राखेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

ठाकुरले शुलभ ट्रेड कन्सर्नको नामबाट नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेका थिए । उनले आर्थिक वर्ष २०६८/८९ देखि २०७३/७४ सम्म नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेका थिए ।

आन्तरिक राजस्व विभागको विवरण हेर्दा ठाकुरको कम्पनी २०७०÷७१ देखि आयकरमा तथा भ्याटमा २०७१÷७२ देखि ननफाइलर रहदै आएको छ ।


क्लिकमान्डु