नेपाल मैदा उद्योग संघको अध्यक्षमा फेरि पनि दुगड चयन



नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्विरोध चयत भएका छन् । संघको २२औं वार्षिक साधारणसभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतीय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

अध्यक्ष दुगड यसअघि पनि २ वटा कार्यकाल संघको अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

सभाले ८ वटा बुँदा तयार पारी सरकारलाई बुझाउने समेत निर्णय गरेको छ ।

१) मु.अ.करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा मु.अ.कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने ।

२) मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुँदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनुपर्ने ।

३) कच्चा पदार्थ गहुँ र तयारी वस्तु मैदा आयात गर्दा भन्सार मूल्याङ्कन कमसेकम दुई तहले फरक हुनुपर्ने ।

४) गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकाले कम्तीमा पनि दुई तह फरक हुनु पर्ने ।

५) गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत हुनपर्ने । कमसेकम अफ सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलिएत दरमा गहुँ आयात गर्न पाउनु पर्ने ।

६) फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनुपर्ने ।

७) नेपालमा गहुँ उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने ।

८) मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदानलाई फेरि ५ प्रतिशत कायम हुनुपर्ने । जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने ।


क्लिकमान्डु