पोखरामा डेढ अर्ब लगानीमा अपार्टमेन्ट बन्दै



काठमाडौं । पर्यटकीय नगरी पोखरामा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा अपार्टमेन्ट निर्माण हुने भएको छ । कास्की जिल्लाको पोखरा महानगर वडा नम्बर १८ मा उक्त अपार्टमेन्ट निर्माण हुन लागेको हो ।

अपार्टमेन्ट निर्माणका लागि १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । अपार्टमेन्ट जय भद्रकाली डेप्लपर्सले निर्माण गर्नेछ ।

अपार्टमेन्ट २ लाख ६७ हजार ९६४ वर्गफिट क्षेत्रफलमा निर्माण हुनेछ ।

कम्पनीले यसका लागि उद्योग विभागमा पुस २९ गते दर्ता गरेको छ ।


क्लिकमान्डु