सिटिजन्स बैंकबाट उपभोग्य वस्तु मासिक किस्ताबन्दीमा किन्न सकिने



काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको सिटिजन्स बैंकले ग्राहक महानुभावहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार देखि अधित्तम २ लाख ५० हजारसम्मको वस्तु तथा सेवा खरिद गर्न सक्ने योजना ल्याएको छ ।

इन्स्टा बाइ योजनामा योजना अन्तगर्त बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।

यस योजनामार्फत ग्राहक महानुभावहरूले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । ग्राहक महानुभावहरूले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफुलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु