प्रोटोनको प्रोटोन साँगा गाडी अब नेपाली बजारमा, यस्तो छ विशेषता



काठमाडौं । जगदम्बा मोटर्सले चर्चित मलेशियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको ‘प्रोटोन साँगा गाडी भर्चुअल लाइभमार्फत नेपालमा सार्वजनिक गरेको छ ।

प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युब पेज, केहि अनलाइन पोर्टल्स लगायत अन्य विभिन्न सामाजिक संजालका चर्चित पेजहरुमार्फत सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाली ४ चक्के अटोमोबाइल प्रेमीमाझ एउटा नयाँ फरक र सुविधा सम्पन्न विकल्प प्रस्तुत गरेको जनाएको छ ।

समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए । उद्घाटनमा बोल्दै अध्यक्ष अग्रवालले भने, ‘टिभिएस्का विभिन्न श्रेणीका दुइ चक्के र ३ चक्के गाडीमार्फत नेपाली अटोमोबाइल प्रेमीको एकदमै नजिक भैसकेको जगदम्बा मोटर्सकै माध्यमबाट बिश्वविख्यात मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको ‘प्रोटोन साँगा’ भित्र्र्याउँदै नेपाली ४ चक्के अटोमोबाइल प्रेमी माझ एक नया कोशेली प्रस्तुत गर्न लागिरहेका छौँ ।

नयाँ तथा लेटेस्ट मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र मज्जाको ड्राइभिङ्ग कम्फर्टको सुविधा भएको प्रोटोन साँगाले अवस्य पनि नेपाली ४ चक्के अटोमोबाइल प्रेमीको बढ्दो चाहनाको पूर्ति गर्न सफल रहनेछ भन्नेमा हामी हार्दिक आशावादी छौं ।’

यसैगरी गाडी सार्वजनिक गर्ने क्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको बताएका छन् । ‘यस कम्पनीको ‘प्रोटोन साँगा’ गाडी भित्र्याउँदै नेपाली ४ चक्के सवारी साधन अनुयायी माझ एउटा नयाँ अन्तराष्ट्रिय विकल्पको प्रस्तुति गर्न लागेकोमा हामी अत्यन्तै उत्साहित छौँ,’ उनले भने, ‘हाम्रो यो नयाँ सुरुवात रहेता पनि हाम्रा उपभोक्ताहरुले टिभिएस लाई दिएको झैँ साथ दिनुहुनेछ । साथै, प्रोटोनलाई पनि नेपालमा सफलताको सिढी चढाउँदै जगदम्बा मोटर्सलाई सफलताको एउटा नयाँ मुकाममा पुर्याउनुहुनेछ भन्ने हामीले पूर्णरुपमा आशा र विश्वास लिएका छौँ ।’

यस्तो छ विशेषता ?

साँगाको नेपाली बजारमा प्रवेश गरेको एडिसन पछिल्लो मोडलको रहेको छ । यस गाडीमा १.३ लिटरको भिभिटि इन्जिन समाहित गरिएको छ । जसले अधिकतम क्षमताका साथ आनन्दको राइडको मज्जा दिलाउँदछ ।

यसमा एलिगेन्ट रिअर स्पोइलर, नयाँ १५ इन्चको एलोए व्हिल डिजाइन, रिमोट ट्रंक रिलिज, इन्फिनिट् वेभ फ्रन्ट ग्रिल, एलइडि डे टाइम रनिंग लेम्प, र स्टाइलिश रिअर बम्पर जस्ता आकर्षक एक्स्टिरियर फिचर्स रहेका छन् ।

यसैगरी यसमा स्टाइलिस सेन्टर पेनल, स्मार्ट्फोन कन्नेक्टिभिटि, थ्री युएसबी पोर्टस, मिटर कम्बिनेसन विथ मल्टि इन्फर्मेसन डिस्प्ले, बेन्च टाइप रियर फोल्ड, र स्ट्यरिङ्ग टिल्ट एड्जस्ट्मेन्ट जस्ता सुविधा सम्पन्न इन्टेरियर रहेका छन् ।

यस्तै उक्त गाडीमा हिल होल्ड एसिस्ट, रियर पार्किङ्ग सेन्सर, रिभर्स क्यामेरा, एबिएस विथ इबिडि, ब्रेक एसिस्ट, र एलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता सुरक्षाका अत्याधुनिक सुविधा रहेको छ ।


क्लिकमान्डु