प्रत्यक्ष विदेशी लगानी ३१.५ प्रतिशतले घट्यो



काठमाडौं । नेपालमा भित्रिने प्रत्यक्ष विदेशी लगानीमा ३१.५ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्रको तथ्यांक अनुसार चालु आवको मसिंर मसान्तसम्म ४ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.० प्रतिशतले कमी आएको छ । चालु आवको मंसिर मसान्तसम्म पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड कायम भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ६५ करोड रुपैयाँ थियो ।


क्लिकमान्डु