निक्की र भर्टेक्स ग्लोवलबीच राउण्ड टेबलः नेपालमा जनशक्ति आउटसोर्सिङ गर्ने विषयमा छलफल



काठमाडौं । काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघले नेपालमा भारतीय लगानीका बिभिन्न कार्यक्रमहरु ल्याउने प्रयास स्वरुप भारतमा सञ्चालित बिपिओ कम्पनी भर्टेक्स ग्लोवल सर्भिसेस ईण्डियाका प्रतिनिधिहरु तथा नेपालमा रहेका यससँग सम्बन्धित प्रबिधि ब्यबसायीसँग छलफल गरेको छ ।

संघले ‘राउण्ड टेबल मिटिङ अन बिजनेश एण्ड ईन्भेष्टमेण्ट अपरच्युनिटिस ईन नेपाल’ नामको कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सृजना राणाले आगामी दिनमा एक्लैले मात्रै सबैथोक गर्छु वा गर्न सक्छु भनेर अघि बढ्न गाह्रो भएको र बिभिन्न सेवा प्रदायकहरु तथा संस्थाहरुवीच एक आपसका समन्वय गरी अघि बढनुपर्ने बताइन् । राणाले भर्टेक्स ग्लोबल सर्भिसेस ईण्डियाको उपस्थिति एवं सेवा सहयोगी बन्ने बिश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा संघका उपाध्यक्ष सुनील केसीले नेपालमा जनशक्तिको आउटसोर्सिङ गर्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले कम खर्चमा प्रभावकारी रुपमा कार्य सम्पादन तथा जनशक्ति ब्यबस्थापन गर्ने तथा कार्यरत जनशक्तिलाई थप प्रभावकारी बनाउका लागि आउटसोर्सिङ आवश्यक रहेको बताए ।

कार्यक्रममा भर्टेक्स ग्लोबल सर्भिसेस ईण्डियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गगन अरोरा, चिफ फाइनान्स अफिसर बिकास अरोरा, भाईस प्रेसिडेण्ट–कर्पोरेट रिलेशन, अश्लीन मढोक, भाईस प्रेसिडेण्ट-ट्यालेण्ट अक्विजिशन, सचिन कलकल, एशोसिएट डाईरेक्टर, तनमोय दत्ता को टोली सहभागी रहेको थियो ।

साथै भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गगन अरोराले भर्टेक्स ग्लोबल सर्भिसेस बिश्व बजारका ५० नयाँ सोचमूलक प्रभावकारी व्यवसायिक संस्थाको रुपमा प्रतिष्ठित कम्पनी रहेको तथा यस्ले अमेरिका, बेलायत, फिलिपिन्स र भारतमा आफ्नो सेवा प्रवाह गरिरहेको बताए । भर्टेक्सले भारतमा मात्र बिभिन्न क्षेत्रका ३ हजार कम्पनीहरुलाई आउटसोर्सिङमार्फत् आफ्नो सेवा दिईरहेको बताए ।

उनले निकट भविष्यमा भर्टेक्स ग्लोवल सर्भिस ईण्डियाले नेपालमा पनि नेपाली साझेदार मार्फत आफ्नो सेवा बिस्तार गर्न चाहेको र यसबाट यहाँका ब्यबसायीहरुले यो प्रबिधिमय अन्तराष्ट्रिय सञ्जाल रहेको कम्पनीको सेवाबाट लाभ लिन सकिने बताए ।

कार्यक्रममा नेपालस्थित बिपिओ ‘कलश सर्भिसेस प्रालि’का प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठले नेपाली ब्यबसायिक क्षेत्रले यस्ता नयाँ सोचयुक्त प्रबिधिपूर्ण कम्पनीहरुको सेवा प्राप्त गरी लाभ लिन सकिनेमा हालसम्म पनि परम्परागत रुपमा नै सेवाहरु दिईरहेको बताए ।

कार्यक्रममा भारतीय राजदूतावासका नवनियुक्त वाणिज्य प्रथम सचिव अभिषेक उपाध्यायले नेपालले पनि हाल कोभिड–१९ को महामारीको समयदेखि केही हदसम्म डिजिटल मार्केटको अवधारणामा अघि बढ्दै गरेको देखिएको र अझै धेरै गर्ने कामहरु बाँकी नै रहेको बताए । र, बिपिओको क्षेत्रमा अवसर रहेको बताउँदै भर्टेक्स ग्लोवल सर्भिस ईण्डियाको अनुभव सहयोगी हुनसक्ने तथा नेपाल–भारत सम्बन्धमा रहेका बिषयहरु बिशेष गरी ब्यापार, पारवहल, उर्जा, पूर्वाधारलगायतका क्षेत्रमा राजदूतावासको तर्फबाट उच्चतम सहयोग गर्न आपूm तत्पर रहेको बताए ।


क्लिकमान्डु