मेरो सेयरमा लोड बढी भएपछि क्षमता बढ्ने, पूर्वाधार विकास बैंकको आइपीओमा समस्या नआउने दाबी



काठमाडौं । अहिलेसम्मकै ठूलो इन्फ्रास्टक्चर बैंकको साधारण सेयर (आईपी) को निष्काशन हुने भएपछि सिडिएससी एण्ड क्लियरिङले मेरो सेयरको क्षमता बढाउन थप सफ्टवयेर जडान गरेको छ ।

अहिलेको सफ्टवेयरले इन्फ्रास्टक्चर बैंकको आईपीओमा पर्ने आवेदनमा भार थेग्न नसक्ने देखिएपछि सिडिएससीले मेरो सेयरको क्षमता बढाएको हो ।

अहिले चन्द्रागिरी हिल्सको साधारण सेयर (आईपीओ) निष्काशन भइरहेको छ । उक्त सेयरमा पनि आवेदन सुरु भएको पहिलो दिन केही समय सिस्टम सुस्त गतिमा चलेको थियो । त्यो मात्रै नभएर अन्य कम्पनीको आईपीओमा पनि लगानीकर्ताले मेरो सेयरका कारण सहजै आवेदन दिन पाएका थिएनन् ।

यसअघि थोरै आईपीओ आएका कम्पनीमा त आवेदनकर्ताले सहजै आवेदन दिन नपाएपछि इन्फ्रास्टक्चर बैंकको आईपीओमा लोड बढी हुने देखेर मेरो सेयरको क्षमता बताइएको बताइएको छ । माघ २ गतेबाट अहिलेसम्मकै ठूलो इन्फ्रास्टक्चर बैंकको आईपीओ निष्काशन हुँदै छ । त्यो समयमा मेरो सेयरमा समस्या नहोस भनेर सफ्टवयर जडानको काम सुरु भएको हो ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पूर्ण प्रसाद आचार्यले आईपीओ खुलेको दिन केही समयको लागि आवेदन दिनेको भिड लाग्ने गरेको बताए । अब आउन लागेको इन्फ्रास्टक्चर बैंकको आईपीओमा आवेदकले सजहै आवेदन दिनको लागि सर्भर थप गरेको उनको भनाइ छ । यो सर्वर थप भएसँगै आईपीओमा मेरो सेयरबाट आवेदन दिनेलाई सहज हुने र पहिला जस्तो मेरो सेयर सुस्त नहुने उनको भनाइ छ ।

अब इन्फ्रास्टक्चरको ८ अर्बको आईपीओ आउन लागेको र यो धेरैलाई पर्ने भएको र त्यसको लागि धेरैले आवेदन दिने भएको कारण त्यसलाई धान्ने गरी सर्वरको व्यवस्थापन भएको उनको भनाइ छ ।

अहिले सिडिएससीले सर्वरको क्षमता बढाएपनि सेयर सेयरबाट आवेदन दिनका लागि नेट अनिवार्य आवश्यक भएकोले नेट स्लो हुँदा पनि मेरो सेयरले काम गरेर भनेर आलोचना खेप्नु परेको उनको भनाइ छ ।

मेरो सेयरबाट २४ सैं घन्टा आवेदन दिन सकिने भएको कारण बिहान अफिस सुरु हुने समयमा भन्दा पनि आफूलाई अनुकुल हुने जुनसुकै समयमा पनि आवेदन दिन आग्रह गरेका छन् ।
उनले अहिले आईटीलाई बलियो बनाउने गरी काम भइरहेको बताए ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अहिलेको सिस्टमले एकै पटकमा २० हजारजनासम्मले आवेदन दिन सक्नेछन् । अब नयाँ सर्भर थपेसँगै त्यो संख्या बढने छ ।

इन्फ्रास्टक्चर बैंकको आईपीओमा एकै पटक ५० हजारजनासम्मले आवेदन दिए पनि सिस्टममा समस्या नआउने उनको भनाइ छ । तर अहिले महिनाको डेढ देखि झण्डै दुई लाखसम्म सदस्य सेयर बजारमा थपिइरहेका छन् । यसले गर्दा आवेदन दिनेको भिड बढने उनको भनाइ छ ।

‘बिहान १० बजेबाट आईपीओ खुल्छ, त्यो एक दिनको लागि वा केही बेरको लागि होइन, त्यसुको लागि निश्चित दिन हुन्छ’ उनले भने ‘अहिलेसम्मको तथ्याङक हेर्दा १० बजेबाट १ बजेसम्म धेरैले आवेदन दिने र त्यो बेला सिस्टम सुस्त रुपमा चल्ने गरेको हो । आवेदकहरुले तोकिएको दिनसम्म जुनसुकै बेला आवेदन दिन पाइन्छ भनेर आरामले आवेदन दिने हो भने एकै पटक भिड नलाग्ने हो भने सिस्टम सुस्त रुपमा चल्दैन ।’

सुरुको केही घन्टा आवेदनको भिड लाग्ने र त्यो समयमा सिस्टक सुस्त रुपमा चल्दा सिडिएससीले सिस्टम थप्नु परेको हो ।

सुरुमै भर्दा पाउने र अन्य समयमा भर्दा नपाउने भन्ने मान्यता कसैले पनि राख्न नहुने र ४ दिनसम्म जुनसुकै समयमा आवेदन दिन सकेको खण्डमा यो सिस्टमले समस्या ननिम्त्याउने उनको भनाइ छ ।

एकै पटक सबैको भिड लाग्दा सबैको प्रयास मात्रै हुने तर कसैले पनि आवेदन सफलतापुर्वक दिन नसक्ने देखिएको छ । अहिले आवेदनकर्ताले एक पटकमा भएन भने पटक पटक प्रयास गर्ने र त्यसो गर्दा सिस्टममा त्यती नै दबाब बढने गरेको छ । सफ्टवेयरको क्षमता बढाएपछि त्यसले कुनै समस्या नहुने सिडिएससीको भनाइ छ ।

चलेन भनेर पटक पटक प्रयास गर्दा सिस्टममा दबाब बढने गरेको छ ।


क्लिकमान्डु