जगदम्बा मोटर्सद्वारा प्रोटोन साँगा भर्चुअल लञ्चमार्फत सार्वजनिक हुँदै



काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले ‘प्रोटोन साँगा’ पौष २९ अर्थात जनुवारी १३ का दिन भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको हो ।

भर्चुअल लञ्च कार्यक्रम साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेज मा गइ द प्रोटोन साँगा भर्चुअल लञ्च इभेन्टमा क्लिक गरि गोइङ अथवा इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यस्तो छ विशेषता ?

प्रोटोन साँगामा एक्स्टिरियर देखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेका छन् । यसमा समाहित १.३ लिटरको भिभिटि इन्जिन १२९९ सिसिको रहेको छ । जसको पावर क्षमता अरु संग अतुलनिय छ ।

यसैगरी मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्ट्फोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ । यस्तै, यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिज कतै यात्रा गर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउँन सक्नेछन् । साथै, इन्टेरियर एन् ९५ फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एस्आरएस् एयर ब्याग्सको समेत सुविधा रहेको छ ।


क्लिकमान्डु