सिभिल बैंकले सेयरधनीलाई ८ % बोनस सेयर दिने, ०.४२% नगद लाभांश



काठमाडौं । सेयरधनीलाई लाभांश वितरण गर्न बाँकी रहेको सिभिल बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

बैंकको अहिलेको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड पुग्ने छ ।

सिभिल बैंकको लाभांश घोषणासँगै सेयर बजारमा सूचिकृत भएका २६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।


क्लिकमान्डु