लघुवित्त संस्थाहरुलाई पुनरकर्जा, पुँजी कोषको ६५ प्रतिशतमात्र पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आह्वान गरेको छ । यससँगै लघुवित्त वित्तीय संस्थाका ऋणीहरुले पनि पुनरकर्जा उपयोग गर्न पाउने भएका छन् ।

सोमबार राष्ट्र बैंकले सुचना जारी गर्दै पुस २७ गतेदेखि माघ १२ गतेसम्म साधारण पुनरकर्जाको लागि आह्वान गर्न भनेको छ ।

एकमुष्ट पुनरकर्जा लघुवित्त संस्थाले अघिल्लो त्रैमाससम्म कायम भएको पुँजी कोषको ६५ प्रतिशतसम्म मात्र माग गर्न पाउने उल्लेख गरिएको छ ।

साथै, तोकिएको चुक्तापुँजी पुगेको हुनु पर्ने, आफ्नो कार्यक्षेत्रभन्दा बाहेक बाहिर कर्जा प्रवाह नभएको, विगत १ वर्षयता राष्ट्र बैंकबाट कुनै पनि कारवाहीमा नपरेको र संस्थाका सञ्चालक समितिका पदाधिकारी र सीइओ विगत ३ वर्षयता कुनै पनि कारवाहीमा नपरेको भएमा मात्र पुनरकार्जा माग गर्न पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

पुनरकर्जाको अवस्था
पुनरकर्जा कोषमा ४२ अर्ब ५ करोड रुपैयाँ उपलब्ध छ । तर राष्ट्र बैंकले उपलब्ध कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सकिने उल्लेख गरेको छ ।

सोही कारण राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५ करोड रुपैयाँ पुनरकर्जा एकमुष्ट, ग्राहक ऋणी अनुसार र लघुवित्त संस्थालाई प्रदान गर्ने जनाएको ।

जसमा कोषको क्षमताको ७० प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ एकमुष्ट बैंक तथा वित्त कम्पनीमार्फत्, २० प्रतिशत अर्थात् २१ अर्ब ५ करोड रुपैयाँ ग्राहक ऋणी अनुसार र १० प्रतिशत अर्थात् २१ अर्ब २ करोड लघुवित्त वित्तीय संस्थामार्फत् प्रवाह हुनेछ ।


क्लिकमान्डु