राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भएर हेरेको छः अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाका पदाधिकारीले नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक रिचार्ड हवार्डसँग महासंघमा भेटवार्ता गरेका छन् ।

भेटमा कोभिड पश्चात नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा विस्तृत छलफल भएको छ । भेटमा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आइएलओ बीच हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भएको छ ।

भेटमा महासंघका अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले गरेको सहयोगको प्रशंसा गरे । अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको बताए । उनले कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटन सहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको जानकारी गराए ।

अध्यक्ष गोल्छाले सामाजिक सौदावाजीका विषयमा उद्योग प्रतिष्ठानलाई सहयोग पु¥याउन लिगल हेल्प डेस्क अवधारणाका बारेमा छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा जानकारी गराए ।

त्यस अवसरमा देशिय निर्देशक हवार्डले निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आइएलओ तयार रहेको विश्वास दिलाए ।


क्लिकमान्डु