नेपाल बङ्गलादेश बैंकको साधारणसभा सम्पन्न, बोनस सेयरको प्रस्ताव पारित



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको २६ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले बैंकले प्रस्ताव गरेको लाभांशको प्रस्ताव पारित गरेको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष श्री ए.आर.एम नजमुस शकिबले जुम मार्फत मार्पmत् नै अध्यक्षता गर्नुभएको उक्त कार्यव्रmममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्द नाथ ढुंगेल, मोहमद साह आलम सरवर, दीपक कार्की, कमरुन नहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैंकका कम्पनी सचिव श्री विश्वप्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा बैंकको चुक्ता पुँजीको झण्डै ५५% भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जना मात्र शेयरधनीको भौतिक उपस्थिति रहेको थियो भने ९० जनाभन्दा बढी शेयरधनीहरू भर्चुअल रुपमा उपस्थित भएका थिए । उक्त साधारणसभाले आ.ब. २०७६÷०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६÷०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गरेको छ ।

आ.ब. २०७६÷०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको २.४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो ।

साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अरब पु¥याउने र जारी तथा चुक्ता पुँजीमा बोनस शेयर जारी भए अनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।


क्लिकमान्डु