प्रभु बैंकका सीइओ शेरचनको तलब १ करोडले बढ्यो, गतवर्ष बुझे ३ करोड ४२ लाख



काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब एकवर्षमा १ करोड १३ लाख रुपैयाँले बढेको छ ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ मा प्रभु बैंकका सीइओ शेरचनले तलब भत्ता गरेर ३ करोड ४२ लाख ९२ हजार रुपैयाँ बुझेका छन् । यो आर्थिक वर्ष २०७५/७६ भन्दा १ करोड १३ लाखले बढी हो ।

शेरचनले गतवर्ष तलब वापत २ करोड ५७ लाख रुपैयाँ, बोनस वापत ४८ लाख ७० हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन् । यसरी बुझ्ने रकममा करिब ३६ प्रतिशत कर शेरचनले सरकारलाई बुझाउनुपर्ने हुन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा शेरचनले १ करोड ८० लाख ७४ हजार रुपैयाँ तलब वापत,कर्मचारी बोनस वापत २३ लाख ३६ हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत २५ लाख ७८ हजार रुपैयाँ बुझेका छन् ।


क्लिकमान्डु