मेरो हस्ताक्षर भएको नोट तपाईंहरुको हातमा नपुगोस्ः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले धेरै वर्षअघिदेखि पर्स बोक्न छाडिसकेको बताएका छन् ।

कालीमाटीमा प्रभु बैंकले सञ्चालनमा ल्याएको क्यूआर कोडको शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो बताए । सुरक्षित र सुशासनका लागि नगदरहित कारोबार आवश्यक रहेको उनले बताए ।

‘मैले पर्स बोक्न छाडिसकेको निकै समय भइसक्यो, मेरा कुनै पनि चेकबुक चल्दैनन्, चेकबुकहरु पूराना भइसके, नविकरण पनि गरेएको छैन,’ गभर्नर अधिकारीले भने ।

अहिले मुलुक नगदरहित कारोबारको अभियानमा रहेकाले सबैलाई विद्युतीय कारोबार गर्न उनले आग्रह गरे ।

‘म चाहन्छु मेरो हस्ताक्षर भएको नोट नमूनाका रुपमा मात्रै रहोस्, तपाईंहरुको हातहातमा नपुगोस्,’ गभर्नर अधिकारीले भने ।


पुष्प दुलाल