चन्द्रागिरि हिल्सको आइपीओ आजदेखि खुल्यो, १० कित्ताको दरले आवेदन दिए हुने



काठमाडौं । चन्द्रागिरि हिल्सले शुक्रबारदेखि सर्वसाधारणको लागि साधारण सेयर जारी गरेको छ ।

यसको निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

चन्द्रागिरि हिल्सले सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ बिक्री खुल्ला भएको हो । पछिल्लो समय प्रभु लाइफ इन्स्योरेन्समा १० लाखले आवेदन दिएको हुँदा यो आइपीओमा १० कित्तामात्र आवेदन दिए हुन्छ ।

आवेदकको संख्या बढी हुने हुँदा चन्द्रागिरिको आइपीओमा पनि आवेदकले १० कित्ताको दरले मात्र सेयर पाउने छन् । आईपीओमा २८ गतेसम्म आवेदन दिन सकिने छ ।

अहिलेसम्म सन्चित नोक्सानमा रहेको चन्द्रागिरिले आइपीओ निष्कासनपछि भने नाफा हुने प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु