विशाल ग्रुप ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेतामा नियुक्त



काठमाडाैं ।  चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सले नेपालका लागि आधिकारिक बिक्रेतामा बिशाल ग्रुपको भिजि इम्पेक्स नियुक्त भएको छ । गत डिसेम्बर ३१ मा ग्रेटवाल मोटर्सले भिजी इम्पेक्सलाई आधिकारिक बिक्रेतामा नियुक्त गरेको हो ।

दुबै कम्पनीले गरेको सम्झौतालाई ग्रेटवाल मोटर्सले ‘क्लाउड साइनिङ’ भनेको छ । कोरोना महामारीको समयमा क्लाउड साइनिङ गरिएको कम्पनीको भनाइ छ ।

सम्झौतामा ग्रेटवाल मोटर्सका तर्फबाट नायव महाप्रबन्धक टोनी सन र बिशाल ग्रुपका तर्फबाट कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरे ।

कम्पनीले नेपाली बजारमा चिनियाँ उत्पादनले राम्रो बजार पाउने समेत विश्वास व्यक्त गरेको छ । दक्षिण एसियाको बजारमा आफ्नो उपस्थिती बलियो बनाउने क्रममा कम्पनीले नेपालमा समेत बजार बिस्तार गरेको हो ।


क्लिकमान्डु