महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै



नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । उक्त आयोजना पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी रुपमा आयोजना गर्ने भएको हो ।

सो अवधिभरि महिन्द्राका नेपालभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरूले गाडीको फ्रि ६० पोइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएकोमा यस वर्ष कोभिड–१९ का सतर्कता अपनाएर सञ्चालन गर्नेछन् । साथै, यस केयर फेस्टमा ग्राहकहरुको उल्लासपूर्ण सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु