राजस्व बुझ्न शनिबार पनि बैंक खुल्ला गर्नुपर्ने



काठमाडौं । पुस २५ गते शनिबार पनि बैंक तथा वित्त कम्पनीहरुले आफ्नो शाखा कार्यलय खुल्ला गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्त कम्पनीहरुले शाखा कार्यलय खुल्ला गर्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले एक सुचना जारी गर्दै पुस २५ गतेपछि शनिवारका नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पुर्ण शाखा-काउण्टर खुल्ला गरी पुर्णकालिन रुपमा नै राजस्व बुझ्नु पर्ने उल्लेख गरेकोे छ । साथै सो दिन नेपाल क्लियरिङ हाउस समेत पुर्णकालिन रुपमा कारोबार संचालन गर्नु पर्ने भनकको छ ।

साथै, सो दिन सरकारको राजस्व संकलन प्रयोजनका लागि आरटिजीएस प्रणाली समेत ‘नर्मल विजनेश डे’ संचालन हुने जानकारी राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई गराएको छ ।

उक्त दिन बैंकहरु मात्रै नभई भन्सार कार्यालयहरु, करदाता सेवा कार्यालयहरु र आन्तरिक राजस्व कार्यालयहरु पनि संचालन हुने भएका हुने छन् ।


क्लिकमान्डु