मेरो पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउने होः मन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले आफ्नो पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउने रहेको बताएकी छिन् ।
मन्त्रालय अन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरुको गतिविधिका बारेमा जानकारी लिने क्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिए ।
अबको सिजनका निम्ती किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेनी नै योजना बनाएर लाग्न समेत मन्त्री अर्यालले निर्देशन दिइन । अहिले नै काम नगरेमा भोली समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरु जतिपनि प्रगती देखिएपनि त्यसले प्रगती नठहर्ने समेत बताइन् ।
‘आज गयो भोली गयो समय गइरहन्छ । ठ्याक्कै सिजन आइसकेकोपछी रुवाबासी शुरु हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘किसानलाई मल दिन सकिएन भने, तपाई हामीले जति दुख गरेपनि, जति प्रगती गरेपनी देखिदैन । त्यसकारण समयमा मल किसानलाई पु¥याउने सन्दर्भमा गम्भीर भएर काम गर्नुस् ।’
विगतका कार्यबाट शिक्षा लिँदै भोलीका दिनमा धोका नपाउनेगरी कार्ययोजना बनाएरु अगाडि बढ्न उनले निर्देशन दिइन् । ‘दिर्घकालिन रुपमा समस्याको समाधान हुनेगरी अगाडि बढौं । दिर्घकालिन समाधानको खाका के हो ?’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु भुक्तभोगीहरुले अलिकती मेहनतपूर्वक कार्ययोजना बनाउनुस । योजना बनाएर अहिले देखि नै अगाडि बढौ ।’
मलको आपुर्ती र वितरणको समस्याको समाधान दिर्घकालिन हिसाबले सोच्नुपर्ने उनको भनाई छ । सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्नेगरी आफु अगाडि बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाएपनी मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताइन । उनले भनिन्, ‘हाम्रो भण्डार खाली हुने कुरा राम्रो होइन । हामीले संरचना खोजेको होइन मल खोजेको हो । त्यसैले मल ल्याउने कुरामा प्रश्न पनि नउठ्ने, बिवादित नहुने गरी ल्याउनुप¥यो ।’
विवादरहित ढंगले हामीले काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले त्यही ढंगले मलको आपुर्ती गर्न समेत आग्रह गरिन् । उनले विशेष तथा सफल कार्ययोजना बनाएर अगाडि बढ्न समेत आग्रह गरिन । उनले भनिन्, ‘सफल कार्ययोजना बनाएर अगाडि बढ्नुस । यो औपचारिकताका निम्ती हुदै होइन । जिम्मेवारी पुरा गर्ने हो ।’