यादव खकुरेल, जसले किर्ते गरेर अर्काको १५ करोड रुपैयाँ पर्ने घरजग्गा झ्वाम पारे



काठमाडौं । यादवप्रसाद खकुरेल । ब्राइन इन्टरनेशनल प्रालि का प्रोपाइटर बनेर चीनबाट सामान आयात गर्ने सामान्य व्यवसायी ।  उनको परिचय यतिमा मात्रै सीमित छैन । किर्ते गरेर अर्काको घरजग्गा झ्वाम पारेर बदनामी कमाउन सफल व्यक्ति पनि हुन् उनी ।

यसरी भयो ठगी

धादिङ घर भएका खकुरेलले श्रीमतीतर्फका नातेदार हरिप्रसाद सिलवालका नाममा कम्पनी खोले । उक्त कम्पनिमा आफैं काम गर्नु पैसा निकालिदिन्छु भनेपछि पीडित राजकुमार बुढाथोकी तयार भए । धितोवापत् रकम निकालेपछि केही कारोबार गर्छु भन्ने ठानेर चिनेबुझेका खकुरेलको भनाइमा परे ।

बुढाथोकी बैंकबाट २ करोड रुपैयाँ निकाल्ने र कारोबार गर्नेमा सहमत भए ।

ग्लोबल आइएमई बैंकको न्युरोड शाखाबाट ऋण पास गर्दा खकुरेलले शक्ति लगाएर ४ करोड २५ लाख रुपैयाँ पास गरे ।

खकुरेलले आफूलाई भनेको सुनाउँदै भने,‘अझ बढी रकम पास गरिदिएको छु काम राम्ररी गर्नु ।’

तर, रकम खकुरेलले नातेदार हरिप्रसाद सिलवाललाई लिएर धमाधम निकाल्न थाले । २०६८ सालमा ४ करोड २५ लाख रुपैयाँ निकालेपछि खकुरेल बुढाथोकीबाट टाढिन थाले ।

पैसा निकालेपछि खकुरेलले विभिन्न बहानामा टार्दै अलमलाउन थाले । ब्याज नतिरेपछि बैंकले धितोवापतको घरजग्गा लिलामीमा निकाल्यो । २०७५ सालमा बुढाथोकीको घरजग्गा नै लिलाम भयो ।

उनी घर न घाट गराउन खोजेका छन् । बुढाथोकी भन्छन्, ‘मलाई योजनावद्ध तरिकाले फसाएर यादवप्रसाद खकुरेल सम्पर्कविहिन छन् ।’

खकुरेलले धेरैलाई पीडित बनाएर काठमाडौंमा ठुलो सम्पत्ति जोहो गरेको सुनाए । एकपछि अर्को गर्दै किर्ते गरी सम्पत्ति जोहो गरेका खकुरेलमाथि कारबाहीको समेत माग गरेका छन् ।

विगतमा बैंकबाट रकम निकालेको दिने सहमतिको कागज गरेपनि अझै अस्वीकार गरेको बताए । उनले किर्ते गर्ने खकुरेल जस्ताहरुले धेरैलाई घरबारविहिन बनाएको समेत सुनाए ।

बुढाथोकीले आफूमाथि अन्याय भएको र किर्तेको पासोमा परेकोले न्यायका लागि अपिल गरे ।


पुष्प दुलाल