अभियान लघुवित्तको पहिलो साधारणसभा, बाबुराम थापा सर्वसम्मत अध्यक्ष निर्वाचित



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुस २० गते काभ्रेपलाञ्चोकको पनौतीमा सम्पन्न साधारणसभाले संस्थाको अध्यक्षमा बाबुराम थापालाई सर्वसम्मत चयन गरेको छ ।
साथै, साधारणभसाले सर्वसम्मत नयाँ सञ्चालक चयन गरेको छ । भोजराज भट्टराई, भारती पाठक, प्रविण झा सञ्चालकमा निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष थापाले अभियान लघुवित्त वित्तीय संस्थाले आप्mना ग्राहक सदस्यहरुलाई उद्यमी बनाई आत्मनिर्भरतामार्फत् उन्मुख गराएरमात्र गरिबी न्युनीकरणको राष्ट्रिय अभियानमा टेवा पुग्ने कुरा व्यक्त गरे ।
अभियान लघुवित्त वित्तीय संस्थाको जारी पूँजी २५ करोड र चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ ।

विपन्न वर्ग तथा ग्रामीण क्षेत्रमा दीगो र भरपर्दो वित्तीय सेवा पुर्याई देशको गरीबी न्युनीकरणमा योगदान दिने मुख्य लक्ष बोकेको यस संस्थाले छोटो अवधिमा नै देशभरका ६ वटा प्रदेश अन्तरगत १९ जिल्लामा ३५ वटा शाखा मार्पmत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

संस्थाले छोटो अवधिमा नेपालका दुर्गम ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी त्यहाँका मानिसहरुलाई वित्तीय सेवा प्रदान गर्ने, ग्रामीण क्षेत्रका मानिसहरुमा वित्तीय सचेतना, उद्यमशीलता र जीविकोपार्जनका लागि सीप प्रदान गर्ने, उच्च उत्साह र सीपयुक्त मानव श्रोतको साथ सुव्यवस्थित, प्राविधिक रुपमा सक्षम र दीगो संस्थाको विकास गर्ने र परिवारको महिला सदस्यको सहभागितामा पारिवारिक आय वृद्धिमा सघाउ पुर्याउन सफल भएको छ ।

संस्थाले लघुवित्त विपन्न तथा ग्रामीण क्षेत्रमा सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । कर्जा दिएर मात्र हुदैन, सीप र उद्यमशीलता विकास सम्बन्धि तालिम समेत प्रदान गर्नुपर्छ भन्ने मान्यता बोकेर सदस्य माँझ वित्तीय द्रुत गतिमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।


पुष्प दुलाल