६ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ६.३६ अंकले ओरालो
काठमाडौं । सेयर बजारमा सोमबार करिब ६ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ६.२६ अंकले ओरालो लागेको छ ।
लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा सेयर बजार ओरोलो लागेको हो । सोमबार कारोबार खुल्नासाथ २२ सय १६ बिन्दुसम्म नेप्से परिसूचक बढेपनि बजारमा देखिएको बिक्रीको दवावले नेप्से परिसूचक बढ्न सकेन । जसले गर्दा बजार बन्द हुँदा परिसूचक ६.३६ अंकले ओरालो लाग्यो ।
वाणिज्य बैंक,जीवन बीमा र उत्पादन मुलक कम्पनीको सेयर ओरालो लाग्दा नेप्से परिसूचक घट्न पुग्यो ।
यद्यपी सोमबार करिब ६ अर्बको सेयर कारोबार भएको हुँदा सेयर बजारले बुलिसलाई समात्नसक्ने देखिन्छ ।
सोमबार २०२ कम्पनीको सेयर किनबेच भएको छ । सोमबार सबैभन्दा बढी कमाउनेमा जानकी फाइनान्सका लगानीकर्ता रहेका छन् । यस्तै किसान लघुवित्त,नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि सोमबार कमाउनेमा परेका छन् ।
गुमाउनेमा नेशनल माइक्रोफाइनान्स,नेपाल फाइनान्स र एभरेष्ट बैंकका लगानीकर्ता छन् ।
सोमबार सबैभन्दा बढी नेपाल पुर्नबीमा,नेपाल लाइफ तथा नेपाल टेलिकमको सेयर कारोबार भएको छ ।