कुलमानलाई जोडदै ऊर्जा सचिवले भने प्राधिकरणको एउटै सिस्टम छ



काठमाडौं । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले नेपाल विद्युत् प्राधिकरणको सिस्टम अर्को नभएको बताए ।

एक पत्रकारको जिज्ञासामा सचिव घिमिरेले भने ‘ पूर्व कार्यकारी निर्देशक कुलमानको एउटा सिस्टम र अहिले अर्काे सिस्टम छैन । प्राधिकरणको एउटै सिस्टम छ ।’

प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङले अवकाश पाएपछि अत्याधिक मात्रामा बिजुली काटिन थालेपछि उपभोक्ताले गुनासो गरिरहेका छन् ।

उनले भने ‘ कुलमानको एउटा र उहाँ (हितेन्द्रदेव शाक्य)को अर्को सिस्टम भन्ने होइन । प्राधिकरणको एउटै सिस्टम हो । व्यक्ति अनुसार सिस्टम फरक हुँदैन । र हुनुपनि हुँदैन ।’

विगतमा प्राधिकरणप्रति जनताको भरोसा र विश्वास थियो ,जनता खुसी थिए, अहिले किन भएनन् भन्ने नहुने उनको भनाइ छ । उनले भने ‘ भर्खर आउनु भएको छ । हामी सबैले काम गर्न सघाउनुपर्छ । सबैको सहयोग जरुरी रहन्छ ’ उनले मिडियाबाट पनि कामु कार्यकारी निर्देशक शाक्यलाई सकारात्मक सहयोग गर्न आग्रह गरे ।

प्राधिकरणबाट राज्यका उद्देश्य पूरा हुने भन्दै उनले कार्यकारी निर्देशकले गर्ने काम गर्नका लागि सबै अधिकार दिइएको दावी गरे । सरकारको नीति कार्यान्वयनका लागि कार्यकारी निर्देशकले गर्नुपर्ने सबै अधिकार दिइएको काम गर्ने गरी गरी निर्देशन दिइएको छ ।

उनले कुन कारणले काम गर्न पाइएन भन्ने विषयमा जानकारी आए, त्यसलाई थप स्पष्ट पारेर अधिकार दिइने बताए ।


पुष्प दुलाल