टाटा समूहले एयर एसियामा हिस्सा बढाएर ८४% पुर्यायो, एभिएसन पकड जमाउने
टाटा समूहले एयरलाइन्स कम्पनी एयर एसियामा आफ्नो हिस्सा बढाएको छ । कम्पनीले मंगलबार घोषणा गरे अनुसार यसअघि टाटा ग्रुपका नाममा कायम भएको ५१ प्रतिशत हिस्सा बढेर ८४ प्रतिशत पुगेको छ ।
यसअघि एयर एसियामा टाटा समूहले मलेसियन टाइकुन टोनी फर्नान्डेजसँगको संयुक्त लगानी थियो । जुन सेयर अहिले टाटाले खरिद गरेको हो ।
गत साता टाटा समूहले उक्त बिडिङमा भाग लिएको थियो । यसका लागि टाटा समूहले ३८ मिलियन अमेरिकी डलर तिरेको थियो । यसले एयर एसियामा टाटा समूहको हिस्सा बढाएको छ ।
गत महिना एयर एसियाको जापान युनिट टाटा पल्टेपछि कम्पनीले खर्च कटौतीको रणनीति बनाएको थियो । कोरोना कालमा घाटामा गएपछि फर्नान्डेजले आफ्नो हिस्साको सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।
विश्व बजारमा भइरहेको तीव्र प्रतिष्पर्धा तथा तेलको मूल्यमा लाग्ने करमा भएको बढोत्तरीसँगै कम्पनी खर्च कटौतीलाई लिएर चिन्तामा थियो ।
कम्पनीका लागि भारत नन–कोर बजार भएको तथा मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र फिलिपिन्स जस्ता देशमा गुम्दै गएको बजार हिस्साब जोगाउन अब केही सहज हुने अनुमान गरिएको छ ।
विश्लेषकहरुका अनुसार टाटाले उक्त हिस्सा खरिद गरेपछि बजारमा आफ्नो पकड बलियो बनाउन सहज हुनेछ । हाल टाटा समूहले सिंगापुर एयरलाइन्ससँग मिलेर भिस्तारा एयरलाइन्स सञ्चालन गरिरहेको छ भने एयर इन्डिया पनि खरिद गर्ने तयारीमा छ । सन् १९३२ मा टाटा समूहले नै एयर इन्डिया सञ्चालन गरेको थियो । पछि यसलाई सरकारले खरिद गरेको थियो ।
टाटाले एयर एसियाको सेयर खरिद गरेसँगै अब पूर्ण स्वामित्व कायम भएको छ । यसले एयरलाइन्स सञ्चालन गर्नका लागि सहज हुने अनुमान समेत गरिएको छ । दुबै समूहले सन् २०१४ देखि संयुक्त लगानीमा एयर एसिया सञ्चालन गरेको थिए । एयर एसियाको हाल बजार हिस्सा ७ प्रतिशत मात्रै छ ।
यो सम्झौताले टाटा समूहलाई फूल फोर्सका साथ एभिएसन क्षेत्रमा कदम अगाडि बढाउन सहज भएको विश्लेषकहरुको अनुमान छ । एयर एसियाले गत मार्च महिनादेखि हालसम्म ८४५ मिलियन डलर घाटामा गइसकेको छ ।