हकप्रद र एफपिओ नजोडी १० हजार लगानी गर्नेलाई नेपाल लाइफले ३३ लाखको मालिक बनायो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी ।

लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स पर्छ । २०५८ साल बैशाख २१ गते संचालनमा आएको नेपाल लाइफले सेयरधनीलाई ७ वर्ष लाभांश दिएको थिएन ।

तर, त्यसयता भने आकर्षक लाभांश दिइरहेको छ । र, १० हजार लगानी गर्ने सेयरधनी अहिले ३३ लाख रुपैयाँको मालिक भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत हकप्रद सेयर समेत जारी गरेको थियो । समाचार भने हकप्रद नभरेको हिसाबले तयार पारिएको छ । हकप्रद भरेको भए ५५ लाख रुपैयाँको सम्पत्ति हुने थियो ।

आर्थिक वर्ष २०६५/६६ मा आएपछि नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिएको थियो ।

२० प्रतिशत बोनस सेयर दिएपछि नेपाल लाइफको आइपीओमा १०० कित्ता सेयर भएको सेयरधनीसँग १२० कित्ता सेयर भयो ।

नेपाल लाइफले आर्थिक वर्ष २०६८/६९ को नाफाबाट सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद लाभांश दिएको छ । त्यसपछि सेयरधनीसँग १९० कित्ता सेयर पुग्छ । नगद लाभांश वापत ६ हजार ७५७ रुपैयाँ २० पैसा सेयरधनीले पाउँछन् ।

लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने नेपाल लाइफ इन्स्योरेन्सको घोषणा, चुक्ता पूँजी ७ अर्ब १९ करोड

२०६९/७० मा नाफाबाट नेपाल लाइफले सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर २८.५ प्रतिशत नगद लाभांश दियो । र, सेयरधनीसँग ३२३ कित्ता सेयर पुग्यो । नगद लाभांशवापत खल्तीमा ५४१५ रुपैयाँ जान्छ ।

२०७०/७१ म सेयरधनीलाई नेपाल लाइफले ६० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिन्छ । त्यसले ५१६.८ कित्ता सेयर हुन्छ भने नगद लाभांश वापत २ हजार ५८४ रुपैयाँ सेयरधनीले बुझेका छन् ।

२०७१/७२ मा नाफाबाट सेयरधनीलाई नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर तथा १.३१ प्रतिशत नगद लाभांश दिएको हुन्छ । जसबाट सेयरधनीसँग ६४६ कित्ता सेयर पुग्छ नगद लाभांशवापत ६७७ रुपैयाँ बुझे ।

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई कम्पनीले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश दिन्छ । जसबाट ८०७.५ कित्ता बोनस सेयर हुन्छ भने नगद लाभांश वापत ८४६ रुपैयाँ २६ पैसा सेयरधनीले बुझेको हुन्छ ।

आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीले ४२ प्रतिशत बोनस सेयर तथा २८.५ प्रतिशत नगद लाभांश दिएको छ । जसबाट सेयरधनीसँग १ हजार १४६.६५ कित्ता सेयर हुन्छ भने २३ हजार १३ रुपैयाँ ७५ पैसा नगद लाभांश सेयरधनीले पाउछ ।

२०७४/७५ को नाफाबाट सेयरधनीलाई कम्पनीले २५ प्रतिशत बोनस सेयर तथा २३.५ प्रतिशत नगद लाभांश दिएको छ । जसबाट सेयरधनीसँग १४३३.३१ कित्ता सेयर हुन्छ भने नगद लाभाशंबाट २६ हजार ९४६ रुपैयाँ बुझ्छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।जसबाट सेयरधनीसँग १८ सय ७७ कित्ता सेयर पुग्नेछ भने सेयरधनीले २८ हजार ६६६ रुपैयाँ नगद लाभांश बुझ्नेछन् ।

आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव मात्र भएको हुँदा सेयरधनीले बुझ्न बाँकी छ । आर्थिक वर्ष २०७४/७५ सम्म सेयरधनीले बुझेको लाभांश हिसाब गर्दा अहिले १०० कित्ता सेयर हुनेसँग १४३३ कित्ता सेयर छ भने उसले ६६ हजार २३९ रुपैयाँ नगद लाभांश वापत बुझेको छ । जसको मूल्य ३२ लाख ८१ हजार ६७० ( यो समाचार लेख्ने बेला प्रतिकित्ता २२९०)को हिसाबले गर्दा पुगेको स्थिति छ ।

एफपीओ भर्नेले कति पाए ?

नेपाल लाइफले २०७३ सालमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको थियो ।

कम्पनीले २०७३ सालको पुस २७ गतेदेखि प्रिमियम मूल्यमा प्रतिकित्ता १ हजार ४ सय २५ रुपैयाँमा ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियमवापत १ हजार ३ सय २५ रुपैयाँ थपेको थियो ।

कम्पनीले निष्कासन गरेको १०० कित्ता एफपीओ किन्न त्यो बेला लगानीकर्ताले १ लाख ४२ हजार ५०० रुपैयाँ लगानी गर्नु परेको थियो ।

आर्थिक वर्ष २०७३/७४ को नाफाबाट नेपाल लाइफले ४२ प्रतिशत बोनस सेयर तथा २८.५ प्रतिशत नगद लाभांश दिएको थियो । २०७३ सालमा एफपीओ ल्याएको हुँदा २०७३/७४ को लाभांश एफपीओ भर्ने सेयरधनीले पाएका थिए ।
१०० कित्ता सेयर भर्नेले ४२ प्रतिशत बोनस सेयर पाउदा १४२ कित्ता सेयर पुगेको थियो । नगद लाभांशवापत २८५० रुपैयाँ बुझेका थिए ।

आर्थिक वर्ष २०७४/७५ मा नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर तथा २३.५ प्रतिशत नगद लाभांश दिएको थियो । जसले गर्दा एफपीओ भर्नेसँग १७७.५ कित्ता सेयर पुग्छ भने नगद लाभांशवापत ३ हजार ३७ रुपैयाँ सेयरधनीले बुझे ।

आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा मात्र भएको छ । बुक क्लोज भएको छैन । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीले ३१ प्रतिशत बोनस सेयर तथा नगद लाभांशको रुपमा २० प्रतिशत पाउने छन् ।

यसरी एफपीओमा १०० कित्ता लगानी गर्नेसँग २३१ कित्ता सेयर हुने छ । भने नगद लाभांश वापत ३५४० रुपैयाँ बुझेछन् ।

आर्थिक वर्ष २०७४/७५ सम्म पाएको लाभांश हेर्दा १०० रुपैयाँ एफपीओ हाल्नेसँग अहिले १७७ कित्ता सेयर छ । जसको मूल्य (यो समाचार लेख्ने बेला प्रतिकित्ता २२९० रहेको आधारमा) अहिले ४ लाख ५ हजार ३३० रुपैयाँ पुगेको छ । अर्थात प्रिमियम मूल्यमा एफपीओ किन्ने लगानीकर्तासमेत मालामाल बनेको स्थिति देखिन्छ ।

यो कम्पनीको व्यवस्थापन लामो समय विवेक झाले सम्हालेका थिए । जसकारण अहिलेसम्मको प्रगतिको श्रेय पनि उनैलाई जान्छ । आगामी दिनमा हुने प्रगतिको श्रेय अहिले कम्पनीको व्यवस्थापकीय नेतृत्व सम्हाल्न आइपुगेका सन्तोष प्रसाईंलाई जान्छ ।


पुष्प दुलाल