लाभांश घोषणासँगै नबिल बैंकको सेयरमा लगानीकर्ताको चासो, कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । वाणिज्य बैंकमध्ये सबैभन्दा आकर्षक लाभांश घोषणा गरेलगत्तै नबिल बैंकमा सेयर लगानीकर्ताका ध्यान तानिएको छ । बैंकले लगानीकर्तालाई बोनस ३३.५ र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगदसहित ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेसँगै बैंकमा लगानीकर्ताको ध्यान तानिएको हो ।

प्रि ओपनिङ देखि नै नबिल बैंकको कारोबारमा लगानीकर्ताको ध्यान गएको हो । १२९२ रुपैयाँबाट कारोबार खुलेको बैंकको हाई रेन्ज १३५४ रुपैयाँ प्रति कित्ता पुगेको छ ।

कारोबारको केही समयमा नै बैंकको सेयर मूल्य प्रति कित्ता १२३ रुपैयाँले बढेको छ । नबिल बैंकको कारोबारमा सकारात्मक सर्किट नै लागेको छ । बैंकको कारोबार ९.९९ प्रतिशतले बढेको छ ।
बैंकको सेयर कारोबारमा किन्नेको संख्या ह्वात्तै बढदा बिक्री गर्ने लगानीकर्ता कम रहेका छन् ।

यो समाचार तयार पार्दासम्म ८ लाख २९ हजार ६९७ कित्ता किन्न लगानीकर्ता तयार रहेका छन् । त्यसको लागि बिक्री गर्नेको शख्या शुन्य रहेको छ । लगानीकर्ताले प्रतिकित्ता १३४९ देखि १३५४ रुपयाँसम्म किन्न खोजेका छन् ।


क्लिकमान्डु