बैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं । राष्ट्रपतिसमक्ष संसद विघटन गर्ने प्रस्ताव गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ बैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव गरेका छन् । निर्वाचनको मितिबारे राष्ट्रपति निवासमा छलफल भइरहेको छ ।

बैशाख १५, २३ वा २९ गतेमध्ये कुन मिति तय गर्ने भन्नेबारे छलफल भइरहेको शितलनिवास स्रोतले जानकारी दियो ।

पार्टीभित्र अन्तरविरोध चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गर्ने निर्णय गरेका हुन् । राष्ट्रपतिले सदर गरेपछि मात्रै उक्त निर्णय लागू हुन्छ ।

आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर प्रधानमन्त्रीले संसद विघटन गर्ने निर्णय गराई राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।


पुष्प दुलाल