हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो   



सिमकोट । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५  रूपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३०० रूपैयाँ कायम गरेको छ ।

नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

यसैगरी नेपालगञ्जदेखि सिमकोटसम्म ७ हजार ९०० रूपैयाँ भाडादर रहेको उनले जानकारी दिए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।


क्लिकमान्डु