९ महिनापछि काठमाडौं-दिल्ली-काठमाडाैं उडान आजदेखि शुरु, अकुपेन्सी ८० प्रतिशत बढी



काठमाडौं । कोरोना महामारीका कारण बन्द भएको काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान आजदेखि शुरु हुने भएको छ ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आजदेखि उडान शुरु गर्दैछ भने भारतको तर्फबाट एयर इन्डियाले भने केही समयपछि मात्रै उडान शुरु गर्नेछ ।

नेपाल एयरलाइन्सले दैनिक १ उडान गर्नेछ । नेपाल वायुसेवा निगमकि प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौंको उडानमा अकुपेन्सी ८० प्रतिशत छ ।

‘कतिपय टिकटहरु उडानको केही समय अगाडि मात्रै पनि काटिन्छन भने केही टिकटहरु क्यान्सिल पनि हुन्छ, तर अकुपेन्सी ८० प्रतिशतभन्दा बढी छ,’ उनले भनिन् ।


क्लिकमान्डु