स्ट्याण्डर्ड चार्टर्ड बैंकको साभारण सभा पुस २४ गते, बुक क्लोक कहिले ?



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ४०५औ सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ४.८४ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी पुस २४ गते हुने बैंकको ३४औ बार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बताइएको छ ।

बैंकको ३४औं बार्षिक साधारण सभा एभरेष्ट होटल नया बानेश्वरमा सम्पन्न हुने बैंकले जानकारी दिएको छ । साधारण सभा र लाभांश वितरणका लागि बैंकले पुस ९ गतेदेखि पुस २४ गतेसम्म सेयर दाखिला बन्द गरिने बताइएको छ ।


क्लिकमान्डु