भैरहवा र पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई



काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डिलिङको जिम्मा पाएको छ ।

नेपाल वायुसेवा निगमका अनुसार निर्माणधीन दुबै विमानस्थलको कमर्सियल ग्राउण्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त गरेको जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको गत मंसिर १८ गतेको निर्णयले निगमलाई उक्त अधिकार प्राप्त भएको निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु