सीमाभन्दा बढी बहुबैंकिङबाट ओभरड्राफ्ट कर्जा लिने ग्राहकले असार मसान्तसम्म तिरिसक्नु पर्ने



काठमाडौं । अबदेखि ऋणी सीमामा रहेर एक बैंकबाट मात्र ओभरड्राफ्ट कर्जा लिन पाउने भएका छन् यसअघि नेपाल राष्ट्र ऋणीले अधिकतम ५० लाख रुपैयाँसम्म प्रयोजन नखुलेका कर्जालाई ओभरड्राफ्ट शिर्षकमा बैंक तथा वित्त संस्थाबाट लिन पाउने व्यवस्था गरेको थियो ।

तर अब भने बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट शिर्षकमा कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु निर्देशन राष्ट्र बैंकले दिएको छ ।

साथै यसअघि बहुबैंकिङ कारोबार गरी उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीहरुले समेत २०७८ असार मसान्तसम्म कुल व्यक्तिगत अधिविकर्ष कर्जा ५० लाखसम्म कायम गरिसक्नु पर्न उल्लेख गरको छ ।

तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।


क्लिकमान्डु