स्थिर ब्याजदरमा प्रभावित कर्जाको ब्याजदर ७ वर्षमा संसोधन गर्न पाइने



काठमाडौं । बैंक तथा वित्त कम्पनीले स्थिर ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७७’ मा संशोधन तथा परिमार्जन गर्दै स्थिर ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदरमा पुनरावलोकन गर्न सकिने व्यवस्था गरको हो ।

जस अनुसार बैंकहरुले अब कर्जा अवधी भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत् पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर परवर्तन गर्न सक्नेछन् ।

साथै, स्थिर ब्याजदरमा प्रवाहित कर्जाको अग्रिम भुक्तानी वा स्वाप शुल्क समेत बैंकहरुले ऋणीसँग आपसी सहमतिमा कर्जा स्वीकृति पत्रमा उल्लेख भएबमोजम सेवा शुल्कको शत प्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाईने व्यवस्था रहेको छ ।


क्लिकमान्डु