अन्नपूर्ण सुगर मिलले उद्योग बेचेर किसानको पैसा तिर्ने



काठमाडौं । सर्लाहीको अन्नपूर्ण सुगर एण्ड जनरल इण्डस्ट्रीजले उखु किसानको बक्यौता भुक्तानी गर्ने भएको छ । लामो समयदेखि निरन्तर प्रयास गर्दा पनि किसानको बक्यौता तिर्न नसकेको उद्योगले अब भने उद्योग नै बेचेर भुक्तानी गर्ने भएको हो ।

कम्पनीले किसानको ३० करोड रुपैयाँ तिर्नुपर्ने छ । उद्योथ बिक्री गर्दा सबै किसानको बक्यौता भुक्तानी हुनेछ ।

उद्योग व्यवस्थापनले किसानलाई भुक्तानी दिन नसक्नू आफ्नो कमजोरी भएको स्वीकार गर्दै सूचना जारी गरी उद्योग बिक्री गरेर किसानको पैसा भुक्तानी गर्ने जनाएको छ । उद्योग बिक्रीको अन्तिम चरणमा पुगेको व्यवस्थापनले  जनाएको छ ।

चिनी उद्योगीले पैसा नदिएको भन्दै किसानहरु लगातार आन्दोलनमा छन् । बारम्बार आश्वासन पाएका किसानहरु यो पटक भने निर्णायक आन्दोलन गर्ने घोषणासहित राजधानीमा प्रदर्शमा उत्रिएका छन् । किसानले विभिन्न उद्योगहरुबाट ९० करोड रुपैयाँ लिनुपर्ने छ ।


पुष्प दुलाल