हङकङ उडानमा नयाँ नियम, अब ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट चाहिने



काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानको हकमा अब पीसीआर परीक्षणको समय सीमामा हेरफेर गरेको छ । यसअघि उडान हुनुभन्दा बढीमा ७२ घण्टाभित्रको कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट चाहिनेमा अब बढीमा ४८ घण्टाको रिपोर्ट आवश्यक पर्ने एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

नेपाल एयरलाइन्समार्फत् हङकङ गएका यात्रुहरुमा त्यहाँको विमानस्थलमा कोरोना परीक्षण गर्दा पोजिटिभ आएपछि नेपाल एयरलाइन्स ४ पटकसम्म प्रतिबन्धमा परिसकेको छ ।

नेपाल एयरलाइन्स पछिल्लो समय अहिले डिसेम्बर १७ सम्मका लागि हङकङ उडानमा प्रतिबन्धमा परेको छ । निगमले यसअघिका समस्या नदोहोरियोस् भन्नका लागि ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट आवश्यक पर्नेमा त्यसलाई परिवर्तन गरी ४८ घण्टा बनाएको हो ।

तर यो नियम हङकङ उडानको हकमा मात्रै लागू हुनेछ ।


क्लिकमान्डु