नेपाललाई कालोसूचीबाट हटाउने यूरोपियन युनियनको संकेत



काठमाडौं । युरोपियन युनियनले नेपालले हवाई उड्डयनका क्षेत्रमा गरेको प्रगतिलाई सकारात्मक भएको बताउँदै कालोसूचीबाट हटाउने संकेत गरेको छ । नागरिक उड्डयन प्राधिकरण नेपाल टुक्राउने विधेयक संसदमा प्रस्तुत हुनु सकारात्मक भएको बताउँदै ईयूले कालोसूचीबाट नेपाललाई हटाउने संकेत गरेको हो ।

हाल युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालोसूचीमा राखेको छ । जसका कारण नेपालका विमान युरोपमा जान पाएका छैनन भने अन्य देशका गन्तव्यमा पनि स्वीकृतिका लागि समस्या हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको आयोजनामा जारी विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागतयोग्य भएको उल्लेख गरेको छ । यसले नेपाललाई ईयूको कालोसूचीबाट हटाउने प्रक्रिया शुरु सहज भएको उल्लेख गरेको छ । ईयूले कालोसूचीबाट हटाउनका लागि सीमक्षा गर्ने समेत उल्लेख गरेको छ । ईयूले सन् २०१३ को डिसेम्बर ५ देखि नेपाललाई कालोसूचीमा राखेको थियो ।


क्लिकमान्डु