शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने २ संस्थालाई सरकारले कारबाही गर्ने



काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सार्वजनिक गरेको प्रतिवेदन सार्वजनिक गर्ने २ वटा गैर सरकारी संस्थालाई सरकारले कारबाही गर्ने भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसीई नेपालको सदस्य संस्था ग्लोवल एक्सन नेपाल संस्थाले नेपाल सरकारको निशाना छाप प्रयोग गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नामबाट प्रकाशन गरिएको प्रतिवेदन र यसलाई सार्वजनिक गरेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सदस्यहरुले गरे सार्वजनिक, प्रतिवेदनसहित

मन्त्रालयले नेपाल सरकारमा रहेको प्रतिलिपी अधिकारको समेत उल्लंघन गरेको देखिएकाले कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखेर पठाइसकिएका बताएको छ ।

‘यस प्रकारका कार्यमा संलग्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोवल एक्सन नेपालसँग शिक्षा क्षेत्रमा नेपाल सरकार शिक्षा मन्त्रालयले गर्दै आएको सहकार्य आजैका मितिबाट लागू हुने गरी विच्छेद गरिएको समेत उल्लेख गरेको छ,’ मन्त्रायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यस प्रकारका अनाधिकृत कार्य गर्ने संस्था वा निकायसँग मन्त्रालय र अन्तर्गतका निकायबाट शैक्षिक कार्य गर्न गराउन कुनै पनि प्रकारको सिफारिस नहुने बेहोरा समेत सबैलाई जानकारी गराएको छ ।


क्लिकमान्डु