मुद्दती निक्षेप र अन्य बचतको ब्याजदर ५ % भन्दा फरक बनाउन नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेप र अन्य बचतको ब्याजदर ५ प्रतिशतभन्दा फरक बनाउन नपाइने व्यवस्था गरेको छ ।

कल निक्षेपमा भने यस्तो व्यवस्था लागु हुने छैन ।

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको तुलनामा बचतको ब्याजदर अत्याधिक फरक भएपछि यस्तो व्यवस्था गरेको हो ।

अहिले साधारण बचतको ब्याजदर २ प्रतिशत छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर ओरोलो लाग्दा व्यवसायिक वातावरण राम्रो भएको भएपनि निक्षेपको ब्याजदर समेत धेरै तल आउन नहुँने बताए ।


क्लिकमान्डु