स्थिर ब्याजदरमा प्रवाहित कर्जाको पेमेन्ट शुल्क छुट्टै निर्धारण गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरमा प्रवाह गरेको कर्जाको प्रि पेमेन्ट शुल्क छुट्टै निर्धारण गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै स्थिर ब्याजदरमा प्रवाहित कर्जाको अग्रिम भुक्तानी वापत लिइने शुल्क वा स्वाप शुल्कलाई व्यवस्थित गरिने जनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार ‘स्थीर ब्याजरमा प्रवाहित कर्जाको हक ब्याजदर जोखिम तथा स्रोत व्यवस्थापनमा तालमेल हुने गरी अग्रिम भुक्तानी तथा समयावधि निर्धारण गरिने व्यवस्था गरिने छ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमाफ्त प्रि पेमेन्टको शुल्क घटाएपछि एक बैंकबाट अर्को बैंकमा कर्जा स्वाप हुने प्रवृति बढेको थियो । जसका कारण बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको बैंकसहरुले गुनासो राष्ट्र बैंकमा गरेका थिए । साथै, स्वाप शुल्क थोरै हुँदा स्थिर ब्याजदरमा प्रवाहित कर्जा समेत स्वाप हुने सम्भावना हुने भएकाले यसको शुल्क छुट्टै निर्धारण गर्न बैंकहरुले सुझाव राष्ट्र बैंकलाई दिएका थिए ।


क्लिकमान्डु