माछापुच्छ्र्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल बीच सम्झौता



काठमाडौं । माछापुच्छ्र्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष वद्री प्रसाद दाहाल तथा माछापुच्छ्र्रे  बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई माछापुच्छ«े बैंकले न्यूनतम १ लाख देखि अधिकतम १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ । साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो

समय देखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्धेश्यले माछापुच्छ«े बैंकले उक्त, सम्झौता गरेको हो ।


क्लिकमान्डु