फोटो नेपालमा धार्चेको अनलाइन प्रदर्शनी, यस्ता छन् तस्बिरहरु



काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमितरुपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनी अन्तरगत धार्चेको प्रकृति, संस्कृति लगायतआकर्षण समावेश गरिएको फोटोहरुको प्रदर्शनी मंसिर १६ देखि शुरु भएको छ ।

यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको छ । धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी र धार्चेको अनलाइन पहँुच बढाउन समेत यी संस्थाहरुको पहलमा विविध कार्यक्रमहरु भइरहेको छ ।

फोटोनेपाल पोर्टल मार्फत आह्वान गरी प्राप्त सयभन्दा बढी फोटोहरु मध्ये छानिएका चालिसलाई प्रदर्शनीमा राखिएको छ । फोटो प्रदर्शनी मंसिर २५ सम्म हुने र त्यसपछि धार्चेको भर्चुअल टुर कार्यक्रम आयोजना गरिनेछ ।

फोटोहरु यो लिंक https://bit.ly/33wZH7h मा हेर्न सकिन्छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले चार वर्षदेखि आयोजित फोटोनेपालले धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिलको साथ पाएर अझ बढी ब्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालहरुमा जानकारीहरु राखी धार्चेको पहँुच बढाइदिनुहुन अनुरोध गरेका छन् ।


क्लिकमान्डु