चन्द्रागिरी हिल्सको आइपीओ खुल्यो, पहिलो चरणमा स्थानीय बासिन्दाले आवेदन दिन पाउने



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा स्थानीय बासिन्दालाई साधारण सेयर खुलाएको छ । कम्पनीले मंसिर १७ गतेदेखि स्थानीय बासिन्दाका लागि आइपीओ खुलाएको हो ।

स्थानी बासिन्दाहरुलाई प्रतिसेयर १ सय रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता सेयर छुट्याइएको छ । जसमा चन्द्रागिरी नगरपालिका वडा नम्बर ३,४,५,६,७ र ८ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ र १० का स्थानीय बासिन्दाले उक्त सेयरका लागि आवेदन दिन पाउनेछन् । उनीहरुले आइपीओ पुस १ गतेसम्म भर्न पाउनेछन् ।

यसरी यस अवधिमा सबै सेयर बिक्री नभएको अवस्थामा पुस १ट गतेसम्म पनि आवेदन दिन सकिन्छ । आवेदकहरुले न्यूनतम १० कित्तादेखि बढीमा ३ हजार ६० कित्तासम्म आइपीओमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले त्यसपछि दोस्रो चरणको सेयर बिक्री खुला गर्नेछ । दोस्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ ।

आइपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु