लगानीकर्ताको ध्यान नाफा बुकमा, नेप्से परिसूचक २००० बिन्दुमा



काठमाडौं । सेयर लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजारमा सामान्य मात्रै सुधार भएको छ ।

केही समयदेखि बुलिस टेन्डमा रहेको बजार मंगलबार भने लगानीकर्ताको ध्यान नाफा बुकमा लाग्दा नेप्से सूचक ३.३५ अंकले बढेर २०००.४० बिन्दुमा रोकिएको छ ।

यो दिन बैंकिङ समूहको उपसूचकमा गिरावट आउदा बजारमा उछाल आउन नसकेको हो । बैंैकिङ समूहको उपसूचक ४१.४३ अंकले घटेको छ । कारोबारमा जलविद्युत कम्पनी, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

१९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार १०२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल दुरसञ्चार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

कारोबारमा नेपाल पुनर्बीमा कम्पनी र रसुवागढी हाईड्रोपावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ । अप्पर तामाकोशी, नेपाल दुरसञ्चार कम्पनी, सान्जेन जलविद्यु्त कम्पनीका लगानीकर्ताले कमाउँदा ग्रिन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, बोटलर्स नेपाल (तराई),मल्टिप्रपोज फाइनान्स, साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु