सानिमा माइ हाईड्रोपावरले १५ % लाभांश दिने, बुकक्लोज कहिले ?



काठमाडौं । सानिमा माइ हाईड्रोपावर कम्पनीले सेयर लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

हाईड्रोपावरले आर्थिक वर्ष २०७६/०७७ को खुद नाफा मध्येबाट १० प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
कम्पनीको नवौ बार्षिक साधारण सभा मंसिर २३ गते हुने भएको छ ।

त्यसको लागि भन्दै मंसिर १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । मंसिर १२ गतेसम्मका लगानीकर्ताले मात्रै उक्त लाभांश पाउने छन् ।


क्लिकमान्डु