हिमालय एयरलाइन्सले १२ वटा ल्यावको कोरोना परीक्षणलाई मान्यता दिने



काठमाडौं । हिमालय एयरलाइन्सले दम्मान र साउदी अरब जाने यात्रुका लागि १२ वटा ल्यावलाई मात्रै मान्यता दिने भएको छ । हिमालय एयरलाइन्सले सोमबार १२ वटा ल्यावको सूची सार्वजनिक गरेको छ ।

नेपाल एयरलाइन्सको हङकङ उडानमा निजी ल्यावमा गरिएको परीक्षण नक्कली भएको आशंकामा प्रतिबन्ध लगाएपछि हिमालय एयरलाइन्सले पनि १२ वटा ल्यावलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।

अब हिमालय एयरलाइन्समार्फत् काठमाडौंदेखि दम्मान र साउदी अरब जाने यात्रुहरुले तोकिएको १२ वटा ल्याव बाहेक अन्य ल्यावमा गरिएको मान्यता नदिने स्पष्ट पारेको हो ।

एयरलाइन्सले काठमाडौंस्थित रोयर एम्बेसी अफ साउदी अरेबियाबाट प्राप्त ल्यावको सूचीअनुसार ल्यावको सूची प्रकाशित गरेको हो ।


क्लिकमान्डु