सेयर बजारमा उछाल कायमै, परिसूचक २ हजार नजिक
काठमाडौं । सेयर बजारमा उछाल कायमै रहँदा नेप्से परिसूचक २ हजारको बिन्दु नजिक पुगेको छ ।
नेप्से मापन गर्ने सूचक २८.७९ अंकले बढदा नेप्से परिसूचक १९९७.०५ बिन्दुमा पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६३ अंकले बढेर ३८५.५६ बिन्दुमा रोकिएको छ ।
१९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ७.३८ अंकले घटेको छ भने विकास बैंक पनि ४८.१४ अंकले घटेको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक ८९.२३, निर्जीवन बीमा १९३.०४, उत्पादन तथा प्रशोधन ७३.६३, माइक्रोफाइनान्स ३७.३, जीवन बीमा समूहको उपसूचक ८२३.३५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ३८ करोड ४८ लाख ८६ हजार ७७२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी र प्रभु इन्स्योरेन्स रहेका छन् ।
यूनाइटेड मोदी हाईड्रोपावर र अप्पर तामाकोशी हाईड्रो पावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै ग्रिन डेभलपमेन्ट बैंक, नेपाल बैंकलादेश बैंक, सान्जेन जलविद्युत कम्पनी, रसुवागढी हाईड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, साल्ट टे«डिङ कर्पोरेशन, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सानिमा माई हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन ।
यस्तै कारोबारमा बिशाल बजार कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको छ । गुमाउनेमा बोटलर्स नेपाल तराइ, लुम्बिनी विकास बैंक, ग्रामिण विकास बैंक, प्राइम बैंैकका लगानीकर्ताले गुमाएका छन् ।